हसुलिया, १४ मंसिर । कैलालीका १३ वटै स्थानीय तहको समन्वय बैठक आइतबार कैलारी गाउँपालिकाको कोइलहीमा सम्पन्न भएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा भएको समन्वय बैठकमा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा प्रमुख अतिथि रहेका थिए । बैठकमा पाँच÷छ वटा एजेण्डामाथि छलफल तथा निर्णय गरिएको संयोजक थापाले जानकारी दिए ।
उनका अनुसार ढुङ्गा, गिट्टी, बालुवा संकलन, छाडा पशु चौपाया व्यवस्थापन, लागुऔषध दुव्र्यशनको रोकथामका बारेमा बैठकमा छलफ गरिएको थियो । यसैगरी, छलफलमा प्रदेश सभा सदस्यहरुका स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका बजेट व्यापक रुपमा दुरुपयोग हुने गरेको निष्कर्ष निकालिएको छ । सो बजेट अधिकतम रुपमा सदुपयोग हुनु पर्ने र त्यसका लागि के–के गर्न आवश्यक छ, भन्ने विषयमा गम्भीर रुपमा छलफल भएको थापाले बताए ।
कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले हालसम्म जनतालाई दिदैं आएका सेवाहरु यथावत राख्ने निर्णय गरिएको उनले बताए । यस्तै, क्वारेन्टाइन व्यवस्थापनका सवालमा पनि बैठकमा छलफल गरिएको थियो ।
जिल्ला समन्वय समितिको संयोजनमा विभिन्न समयमा विभिन्न स्थानीय तहमा आलोपालो गरी समन्वय बैठक हुँदै आएको छ । कोइलहीमा भएको बैठकको सञ्चालन कैलारी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकारी यगम कलेलले गरेका थिए ।
Comments
Post a Comment