तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ। औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ। धनगढी पनि अहिले विद्युतीय बत्तीहरुको प्रकाशबाट रातभर उज्यालो हुन्छ। सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ ।

Comments
Post a Comment