हसुलिया, १४ मंसिर । कैलारी गाउँपालिकाको हसुलियामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज पाँचौ दिन आइतबार 2 पीडित महिलाहरुलाई कानुनी उपचारबारे प्रशिक्षण दिईएको छ ।
कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र यस गाउँपालिका अन्र्तगत क्रियाशिल सहकारी संस्था एवं गैह्सरकारी संस्थाहरुको सहकार्यमा भएको प्रशिक्षण कार्यक्रममा अधिवक्ता पुष्प विक्रम शाहीले प्रशिक्षण दिएका थिए । हिंसा पीडित महिला, आदिवासी जनजाति थारु, दलित, विपन्न समुदायका महिला सहभागि रहेका कार्यक्रममा कानुनी उपचार, उजुरी, लगायत समन्वय बारे प्रशिक्षण दिएको कमैया प्रथा उन्मूलन समाजका कार्यक्रम संयोजक सुरज परियारले जानकारी दिए ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नारासहित सुरु भएको १६ दिने अभियान अन्र्तगत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न गतिविधी गर्ने जनाइएको छ ।
जुन गतिविधी अन्र्तगत ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने शिर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, सचेतनामूलक नृत्य लगायतका कार्यक्रम रहेको छ ।
महिला तथा बालबालिका शाखाको आयोजनमा हुने कार्यक्रमलाई कमैया प्रथा उन्मूलन समाज, पारदर्शी महिला विकास वहुउद्देश्यीय संस्था, दलित महिला अधिकार मञ्च, बेश, नेपाल रेडक्रस सोसाइटी, सामाजिक सेवा अध्ययन केन्द्र, समिक्षा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, चेतनशील महिला विकास सहकारी संस्था लगायतको सहकार्य रहेको छ ।
Comments
Post a Comment