बैंक मर्जर

 



काठमाडौँ, असोज १५ गते । नेपाल राष्ट्र बैङ्कले मर्जरलाई प्रोत्साहन गरेसँगै दबाब पनि बढाउँदै लगेयता विकास बैङ्कहरू धमाधम प्राप्ति र मर्जर प्रक्रियामा सहभागी हुँदा झन्डै तीन गुणा विकास बैङ्कहरूले आफ्नो असितत्व गुमाएका छन् । धेरै विकास बैङ्क वाणिज्य बैङ्कसँग प्राप्ति प्रक्रियामा सामेल भएका छन् भने विकास बैङ्क र विकास बैङ्क पनि मर्ज भएर गाभिएका छन् । यसो गर्दा विकास बैङ्क ८६ बाट अहिले १९ वटामा झरेका छन्, घट्ने क्रम अझै देखिएको छ । 
राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७२÷७३ मा बैङ्क तथा वित्तीय संसथाको पुँजी वृद्धिको योजना ल्याएपछि विकास बैङ्कको सङ्ख्या घट्दै गएको हो । राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत ल्याएको पुँजी वृद्धिको योजनाले वाणिज्य बैङ्कको सङ्ख्या घटाउने लक्ष्य भए पनि विकास बैङ्क र वित्त कम्पनीको सङ्ख्या घट्दै गएको छ । 
नेपाल राष्ट्र बैङ्कका अनुसार २०७७ असार मसान्तसम्म १९६ बैङ्क तथा वित्तीय संसथा मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५० संसथाको इजाजत खारेज भई ४६ संसथा कायम भएका छन् । 
राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संसथाको सङ्ख्या २०७६ असार मसान्तमा १७१ रहेकामा २०७७ असार मसान्तमा १५५ कायम भएको छ । जसअनुसार २०७७ असार मसान्तमा २७ वाणिज्य बैङ्क, २० विकास बैङ्क, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संसथा र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् । बैङ्क तथा वित्तीय संसथाको शाखा सङ्ख्या २०७६ असार मसान्तमा ८६८६ रहेकामा २०७७ असार मसान्तमा ९७६५ पुगेको छ । 
२०७६ असार मसान्तसम्म २९ को सङ्ख्यामा रहेका विकास बैङ्क २०७७ असार मसान्तमा आइपुग्दा २० वटामा झरेका हुन् भने शाखा सङ्ख्या पनि २०७६ असार मसान्तसम्म एक हजार २६७ वटा रहेकामा खुम्चेर २०७७ असार मसान्तमा आइपुग्दा घटेर एक हजार २९ पुगेको हो । अहिले राष्ट्रिय सतरको विकास बैङ्कको सङ्ख्या आठवटा छ भने क्षेत्रीय सतरको विकास बैङ्कको सङ्ख्या 
११ वटा छ ।


Comments