बन्दाबन्दीकै अवधिमा हिंसामा परेकाहरुलाई नगद आर्थिक सहयोग

 




धनगढी, १५ असोज । दलित महिला अधिकार मञ्च नेपाल (डिडब्लूआरएफ) नेपालले कोभिड १९ ले गर्दा बन्दाबन्दीकै अवधिमा हिंसामा परेकाहरुलाई नगद आर्थिक सहयोग गरेको छ ।

डिसिएको आर्थिक सहयोगमा मञ्चले हिंसा प्रभावितहरुलाई जिविकोपार्जन, कानूनी सहायता र उपचारको लागि प्रति व्यक्ति नगद रु १० हजार ५०० का दर सहयोग गरेको कर्यक्रम संयोजक सृर्जना पराजुलीले जानकारी दिईन् ।

उनले कैलारी गाउँपालिकाका १ जनालाई कानूनी सहायता, ५ जनालाई जिविकोपार्जन र १ जनालाई उपचारको लागि सो रकम हस्तान्तरण गरेको बताईन् ।

यस्तै गौंरीगंगा नगरपालिकामा ५ जनालाई जिविकोपार्जन र १ जनालाई कानूनी सहायताको रकम सहयोग गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरे, कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवा र प्रशासकिय अधिकृत खजेन्द्र जोशी लगायतको उपस्थिति रहेको थियो ।

Comments