सुदूरपश्चिममा बिहिबार थप ३९ जनामा कोरोना पुष्टि

 



धनगढी । सुदूरपश्चिममा बिहिबार थप ३९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका तीन वटा प्रयोगशालामा भएको परिक्षणमा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ५२० जनाको नमुनामध्ये ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३४९ नमुनाहरुमध्ये २४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढीका १७ सहित कैलालीका २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनले धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४ जना पुरुष, वडा नम्बर ११ का ४ महिला र ५ पुरुष सहित १० जना, वडा नम्बर १२ का ३ एक महिला र दुई पुरुष गरी तीन जना मा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कैलालीको लम्कीचुहाँ नगरपालिकाका दुई महिला र दुई पुरुष, जानकी गाउँपालिकाका दुईजना र गोदावरी नगरपालिका वडा नम्बर १ का एकजना पुरुषमा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।  यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४३ नमुनाहरमध्ये ११ जनामा संक्राण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका मध्ये एकजनाको मृत्यु भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु सहित ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले बैतडीको पुर्चौडी नगरपालिकाका नौं जना, पाटन नगरपालिकाका एकजना र डडेल्धुराको नबदुर्गा गाउँपालिकाका एकजनाको कोरोनाका कारण मृत्यु भएको बताए । अन्य ३२ जनाको कोरोना परिक्षण रिपार्ट नेगेटिभ आएको छ ।  उता जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १२८ नमुनाहरुमध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा गरिएका परिक्षणमा डोटीकै ४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए । उनले जिल्लाको शिखर नगरपालिकाका दईजना पुरुष र दिपायल सिलगढी नगरपालिकाका दुईजना पुरुष गरी जम्मा ४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

पछिल्लो २४ घण्टामा बोगटान फुडसिल गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, के।आई।सिंह गाउँपालिका लगायतका ठाउँबाट संकलन गरिएका नमुनाहरु परिक्षण गरिएका थिए । परिक्षण गरिएका मध्ये अन्य १२४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

Comments