कैलारी गाउँपालिका अन्र्तगतका सम्पूर्ण विद्यालयको पठन पाठन सुरु


हसुलिया ३ असोज । कैलालीको कैलारी गाउँपालिका अन्र्तगतका सम्पूर्ण विद्यालयको पठन पाठन सुरु भएको छ ।

विश्व व्यापी रुपमा देखा परेको कोभिड १९ ले बन्द रहेको विद्यालय आज असोज १ गते देखि सञ्चालनमा आएको हो । गाउँपालिका अध्यक्ष लाजुराम चौधरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २, खण्ड ज तथा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३ को उपदफा ५ को उपदफा २ तथा दफा ३३ को उपदफा २ र ३ मा भएको व्यवस्था अनुसार वैकल्पिक शिक्षा प्रणाली अपनाई विद्यालय सञ्चालनमा आएको बताए ।
गाउँपालिकाले विद्यालय सञ्चालनका लागि ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा विद्यालय संचालन निर्देशिका २०७७’ तयार गरेका छ । उक्त निर्देशिका अनुसार विद्यार्थीलाई के कति दुरीमा राखेर पढाउने, कुन समयमा पढाउने, के कस्तो विधि अपनाउने, मास्क, सेनिटाजरको व्यवस्था लगायत विभिन्न विषयबस्तु रहेको छ ।
कैलारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश मिश्र संघीय शिक्षा मन्त्रालयद्वारा जारी बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को आधारमा विद्यालय सञ्चालनमा आएको जानकारी दिए ।
उनले बैकल्पिक शिक्षा प्रणाली अपनाई आवश्यक विधी, विद्यालय तथा विद्यार्थीको वर्गीकरण, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायसंग छलफल अन्तरक्रिया गरि सुरक्षाका मापदण्ड अपनाउदै विद्यालय सञ्चालन गरेको बताए ।
प्रमुख मिश्रले वैकल्पिक शिक्षा प्रणाली अन्र्तगत सिक्षण सिकाई केन्द्र स्थापना र रेडियो, टीभी तथा अनलाइनबाट कक्षा लिने विद्यार्थीहरुको वर्गीकरण गरि पठनपाठन समेत भइरहेको जानकारी दिए ।
संघीय शिक्षा मन्त्रालयद्वारा जारी बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार असार १ गते देखि सञ्चालनमा आएको वैकल्पिक सिकाई सहजीकरण, राष्ट्रिय पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने बातावरण सृजना गरि सिकाइमा सहजीकरण गर्न दूर तथा खुला शिक्षा लगायतका प्रणालीलाई उपयोग गर्न र शिक्षण सिकाइ कार्यलाई निरन्तर प्रभावकारी र व्यवस्थित गर्न विद्यार्थी सिकाइ सहजीकरण निर्देकिा २०७७ जारी गरेको थियो

Comments