सीमा सुरक्षा पोष्टमा खटिएका सशस्त्र प्रहरीको स्वाब संकलन

 


हसुलिया, २६ भदौ । कैलालीको कैलारी गाउँपालिकास्थित सीमा सुरक्षा पोष्टमा खटिएका सशस्त्र प्रहरीको स्वाब संकलन गरिएको छ । 

वडा नम्बर ७ भुईयाँफाँटा र वडा नम्बर ३ स्थित खोनपुर बीओपीमा कार्यरत १०÷१० गरी २० जना सुरक्षाकर्मीको स्वाब संकलन गरिएको हो । यसैगरी, छ जना समुदायका व्यक्तिको पनि स्वाब संकलन गरिएको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कुसुम चौधरीले जानकारी दिए । 


Comments