प्रतिनिधि सभा सदस्यमा हारेका राष्ट्रिय सभा सदस्यको उम्मेद्वार

 



धनगढी, १९ भदौ/ अहिले प्रतिनिधी सभाको चुनावमा बर्दियाबाट हारेका उमेद्धार बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सरकारको निणर्य बारे चर्को आलोचना भईरहेको छ ।

यस्तै यसअघि नेकपाले प्रतिनिधि सभा सदस्यमा हारेका नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाएको थियो । श्रेष्ठ गोरखा–२ मा तत्कालीन नयाँ शक्ति पार्टीका बाबुराम भट्टराईसँग पराजित भएका थिए । प्रत्यक्ष निर्वाचनाम हारेका नेताहरुलाई धामाधम राष्ट्रिय सभामा लगेको भन्दै सरकारको निकै आलोचना भईरहेको छ ।

नेकपामै यस्ता सासंदपनि छन्, जो वडा सदस्यबाट हारेरपनि प्रनिनिधि सभामा नेतृत्व गरीरहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–५ को वडा सदस्यको उमेद्धारबाट हारेकी लक्ष्मी कुमारी चौधरी अहिले प्रनिनिधि सभा सासंद छिन् ।
स्थानिय तहको निर्वाचनमा वडा सदस्यबाट पराजित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चौधरीलाई कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिकबाट प्रतिनिधी सभामा निर्वाचित गर्यो ।

सासंद चौधरी २०७४ को स्थानिय निर्वाचनमा धनगढी उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा पराजित भएकी थिइन् । त्यसक्रममा तत्कालिन एमालेबाट उमेद्धार चौधरीले ७९८ मत प्राप्त गरेकी थिइन् भने उनिसंगै उमेद्धार रहेकी नेपाली कांग्रेसकी यसोदा भण्डारीले १७८७ मतले चौधरी ल्याएर विजय भएकी थिइन् । भण्डारीको तुलनामा चौधरीले आधाभन्दा कम मतले हारेकी थिइन् । चौधरी पहुँचकै आधारमा सामानुपातिकबाट प्रतिनिधि सभा सासंद बनिन् ।

नेपाली कांग्रेसबाट निर्वाचित उप–महानगरपालिका–५ का वडा अध्यक्ष हिरा सिं पातलीले चौधरी आफ्नो वडामा तत्कालिन एमालेबाट वडा सदस्यको उम्मेदवार रहेको र आफुहरुले एमालेको प्यानलै पराजित गरेको दाबी गरे ।

वडा सदस्य पदमा पराजित भएरपनि सामानुपातिकबाट प्रतिनिधि सभामा नेतृत्व गर्दै हुनुहुन्छ अहिले स्थानिय जनताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? भन्ने प्रश्नमा सासंद चौधरी सबैको इच्छा पुरा गर्न नसकिने बताएकि छिन् ।

उनले यसरी भनिन् त्यतिबेला स्थानियमा निर्वाचित हुन सकिएन्, अहिले जनताको पतिक्रिया रामै्र पाईएको छु । जनताका सबै मागहरु त पुरा गर्न सकिदैन्, सबैले विकास निमार्णका कार्यहरु खोज्छन् । सबैका इच्छा त कहाँ पुरा गर्न सकिन्छ र ? सबकौ इच्छा आ–आफ्नौ हुन्छन् । कसैले जागीर लगाईदिनु भन्छन्, कसैले, बाटोघाटो, सडक माग गर्छन् । हामीले कतिसम्म गर्न सक्छौ भन्ने कुरामा भरपर्छ । फेरी समानुपातिक सासंदलाई हेर्ने दृष्टिकोट सबैलाई थाहानै छ ।

सासंद भएपछि आफ्नो क्षेत्रमा के के विकास निमार्णका कार्यहरु गर्नु भो ?

मेरो पहलमा पहिलो बर्ष मैले पढेको बिद्यालय बासुदेवी माविमा दुई तलाको भवन निमार्ण भएको छ । त्यस्तै धनगढी–६ को जाली गाउँमा तट्बन्ध हालेको छु अघिल्लो बर्ष र यो बर्षपनि परेको छ । धनगढीमा रहेका विभिन्न तलाउँ संरक्षणको लागी १० लाख हाल्न लगाएको छु । यस बर्ष पञ्चोदय मावीमा विद्यालयको भवन निमार्ण हुदैछ । अहिले धनगढीमा विभिन्न बाटोहरु निमार्ण भईरहेका छन् ।

Comments