दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आफ्नो विजयी सुरूवात गरेको छ ।
गए राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराउँदै विजयी यात्रा सुरु गरेको हो।
यस अघि दिल्लीले टस जितेर बलिङ रोज्दै २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । १५८ रनको लक्ष्य पाएको पञ्जाबले पनि सबै ओभर खेल्दा ८ विकेट नै गुमाएर १५७ रन बनायो । बराबरी अवस्थामा रहेको खेल सुपर ओभरमा तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा गर्यो ।
दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले पनि ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।
Comments
Post a Comment