धनगढी, २६ भदौ । सुदूरपश्चिममा शुक्रबार थप १८जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोशालामा १२ र डोटीको प्रयोगशालामा थप ६ जना गरि १८ जनामा
संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टामा ४सय ६४ जनाको कोरोना परीक्षण भएकोमा थप१२ जनामा संक्रमण पुष्टी सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । संक्रमण पुष्टी हुनेमा कैलालीका ४ र कञ्चनपुरका ८ जना रहेका छन् । सूचना अधिकारी श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर -५ का ४ पुरुषमा र कञ्चनपुरको कृष्णपुरका वडा न- ६का ३ महिला एक पुरुष , महाकालीका -६ का एक महिला, पुरुष २ र महाकाली-४ का एक पुरुषमा गरि १२ जनामा संक्रमण पुष्टी भएको जानकारी दिए ।
त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ८६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए । डोटीको बोगटानका ४ पुरुष २ महिला संक्रमण पुष्टि भएको हो ।
उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा आज सबैको रिर्पोट नेगेटीभ आएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटीभ आएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।
यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय ६ पुगेको छ। संक्रमण पुष्टी भएका हाल सम्म १४ जनाको मृत्यु भएको छ ।
Comments
Post a Comment