परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

 



धनगढी, १८ भदौ/ डडेल्धुरा अस्पतालमा बिहीबार गरिएको परिक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई सय ४४ जनामा गरिएको परिक्षणमा डोटीको जोरायल गाउपालिकाका ४ जना, अछामको मेल्लेख गाउपालिकाका १ जना, चौरपाटी गाउपालिकाका १ जना, बझाङको बुङ्गल नगरपालिकाका १ जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल डडेल्धुराले जनाएको छ ।

Comments