धनगढी, १२ भदौ/ डोटि अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय २८ जनामा गरिएको परीक्षण भएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
डोटि अस्पतालका मोलेकुलर ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार डोटी सायल गाउपालिकाका ६ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको छ ।

Comments
Post a Comment