८७ बर्ष कैद सजाय

 



धनगढी, १२ भदौ/ कैलालीमा डाँका चोरी मुद्धामा दोषी ठहर भई फरार रहेका चार जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिकाबाट चार जनालाई पक्राउ गरिएको हो।

जोशीपुर गाउपालीका वडा नम्वर ६ बस्ने ४५ बर्षीय रोगही भन्ने क्रमराज थापा, जोशीपुर ३ बस्ने ४९ बर्षका रोहिना भन्ने भगत चौधरी, वडा नम्वर ४ बस्ने बर्ष ३८ बर्षीय कालु भन्ने गुन सिंह कठरिया, भजनी नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष ४७ का टिकाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

थापा ८ वटा डाँका चोरीमा दोषी ठहर भएका थिए। उनलाई जिल्ला अदालत कैलालीले ८७ बर्ष कैद सजाय र ४४ हजार एक सय ५३ रुपैँया जरिवाना तोकेको थियो। उनी कैलाली कारागारबाट फरार भएका थिए।

चौधरी भने एउटा डाँका चोरीमा संलग्न थिए। उनलाई अदालतले ६ बर्ष कैद र चार हजार पाँच सय जरिवानाको सजाय सुनाएको थियो। कठरिया चार वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३९ बर्ष कैद र १४ हजार ७० रुपैँया जरिवाना तोकेको थियो।

टिकाराम चौधरी ५ वटा डाँका चोरी मुद्दामा दोषी ठहर भएका थिए भने अदालतले ३८ बर्ष कैद र नौँ हजार चार सय ४० जरिवाना तोकेको थियो।

उनीहरु चारै जनाको जम्मा कैद एक सय ७० बर्ष हुने कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। ‘उनीहरुले भरुवा बन्दुक, खुकुरी र लाठ्ठी समेत बोकी स्थानीय व्यक्तीहरुको घरमा घेरा हाली जिन्सी तथा धनमालहरु लुटपाट गरेका थिए’ प्रहरी नायव उपरिक्षक विष्टले भने।

Comments