पाँचौ लघुकथा श्रृंखला जूम मार्फत

 


असार ७ ।
आज साँझ ८ बजे पाँचौ लघुकथा श्रृंखला जूम मार्फत कैलारी पोष्टको फेसबुकबाट लाइव  प्रशारण हुने भएको छ भने जंग्रार साहित्यिक बखेरीको आयोजना रहनेछ । 

कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको पहिलो सोमबार फेसबुकबाट लाइव  प्रशारण हुनेछ । यो पाँचौ श्रृंखलामा अग्रज साहित्यकार  डा. कृष्णराज सर्बहारी समीक्षकको रुपमा उपस्थित हुनुहुनेछ भने साहित्यकार अंकर अन्जान यात्री, डियर अबिरल, अनिल थारू र सन्देश दहितले आफ्नो लघुखिस्सा आफ्नो आवाजमा सुनाउनु हुनेछ ।  साहित्यकार गणेश बर्तमानले सहजीकरण गर्नुहुनेछ भने साहित्यकार मोती रत्नले कार्यक्रम  होस्ट गर्नुहुनेछ। यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि. निमाङ थारू मीडिया र गणेश  बर्तमानको यूट्युबमा हरेक हप्ताको बिहीबार अपलोड हुनेछन  भने यस कैलारी पोष्ट मार्फत उक्त थारू भाषी लघुकथालाई अक्षरमा पढ्न सकिनेछ।

यस श्रृंखलामा सहभागी हुनका लागी साहित्यकार गणेश बर्तमानको म्यासेन्जर तथा कैलारी पोष्टको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com र bartamanganesh@gmail.com मा लघुकथा पठाएर र ज़ूममार्फत  प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै लघुकथालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ। लिंक तल दिएको छ

Topic: पँचुवा थारू छूटी बत्कोही सृंखला Time: Jun 21, 2021 08:00 PM Kathmandu Join Zoom Meeting https://us02web.zoom.us/j/81427374200?pwd=eFNUZFZYaEx2MlUrUWVsUlVKMFc0dz09 Meeting ID: 814 2737 4200 Passcode: 926523

Comments