सगोलद्वारा कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

 


हसुलिया ७ असार। सगोल पोखरा कास्कीले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण र आइसोलेसन व्यवस्थापनका लागि सो संस्थाले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सापकोटालाइ आज सस्थाकाकैलाली जिल्ला सामाजिक परिचालक राम समझ चौधरीले ती सामग्री हस्तान्तरण गरेका हून । सो संस्थाले ३० थान अक्सिजन, पीपीइ २० थान, सेनिटाइजर ४० बोटल, सर्जिकल मास्क ३५ प्याकेट, थर्मोमीटर १८० थान, सोडियम हाइड्रोक्लोराइट ४ ग्यालेन, ब्रिकडीयाप सिरफ १०५ बोटल, भितामिन सी १८५ पत्ता, लिक्युइट साबुन २२ बोटल लगायतको सामग्री सहयोग गरेको छ ।
वैशाख, जेठमा सो गाउँपालिकामा सङ्क्रमण ह्वात्तै बढेको थियो । अब स्थिति सुधार भएको छ । दोस्रो लहरको क्रममा हालसम्म ४७३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये अब ४३ जनामात्रै सक्रिय संक्रमित रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए ।



उनले कोरोना अस्थायी अस्पतालमा अब बिरामी नरहेको बताए । कैलारी गाउँपालिकाको बैजपुरमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा छ ।



Comments