प्रबीन बौखही १० असार। कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं.०३ शिवरत्नपुर गाउँबासीलाई यति बेला निकै नै सास्टी खेप्नु परेको छ। शिबरत्नपुर गाउँ मोहनापारी छ । जहाँ लगभग ८३ घरधुरी, लगभग जनसंख्या ५००को हाराहारीमा छ। भारतको यु. पि. प्रदेशको दुधवा नेशलन पार्क(चन्दनचौकी)संग जोडिएको छ।
फियन नेपाल खाद्य अधिकार संंजालद्वारा हसुलियामा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा कैलारी-०३शिबरत्नपुर की दिलकुमारी चौधरी ले दुखेसो यसरी सुनाईन, "हामीलाई गाउँपालिकाको सरकारको सेवा सुबिधा बाट टाढा भएको महसुस हुन्छ। हाम्रो गाउँमा हाम्रो लागि सरकार छैन ।सरकारले शौटेनि व्यवहार गरेकोको छ। गाउँको मुल समस्या भनेको मोहना नदि टर्नु हो ! टर्नलाई एक मात्र उपाय भनेको नाऊ (ढुङ्गा) हो।आजकल बर्षातको सिजन छ, नदिमा कुनबेला वाढी आउँछ ठेगान हुदैन। ज्यान जोखिम मोलेर भएपनि नदि जसोतसो टर्छौ।गाउमा कोहि बिरामि पर्दा,गर्भबती महिला,बालबालिका,बृद्धा अपाङ्गहरुलाई वडापालिका को काम मा होस अथवा हस्पिटलसम्म पु-याउनु पर्दा गाउबाट बोकेर नदि सम्म ल्याउ्नु पर्छ।जोखिम को दोसाधमा पैसा तिरेर नदि वारपार गर्छौ। रातिको समयमा त झन अप्थारो पर्छ ।ढुङ्गा चलाउने बाला साझ पर्दै बन्द गरेर घर गईहाल्छ्न। धेरै सास्टी खेप्नु पर्छ। घाँस, दाउरा, मलखाद, बिउबिजन र अन्य बस्तु ल्याउन निकै अप्थारो छ ।"
सोही वडाका सुदेशि चौधरीले आफ्नो कुरा राखिन, "शिवरत्नपुर गाउँका बासिन्दाहरुलाई आफ्नै गाउँको हकमा एउटा ढुङ्गा आवश्यकता छ।ताकि जुनसुकै समयमा नदि टर्न सकौ । शिबरत्नपुर गाउँ बसेको लगभग ३३/३४ बर्ष भयो, आजसम्म हामिले जग्गाको लालपुर्जा पाएका छैनौ।लागत संकलन गरेर लगे छन कहिले हुने हो ठेगान छैन।" यसै कुराको सन्दर्भमा कृष्णी चौधरीले अगाडि भन्नूभयो, "हाम्रो गाउँ सरकार, राज्यबाट पछी पारिएको छ। स्थानिय सरकार होस या प्रदेश या केन्द्र सरकार बिगट देखि पछि पारिदै आएका छौ। "गाउँ गाउमा सिंहदरबार " भन्ने नारा यो बस्टीको लागि अछुटो रहयो, खै कहाँ छ हाम्रा दरबार?" भनेर प्रश्न गरे।
फियन नेपाल खाद्यय अधिकार समुहका सचिबकमल प्रसाद चौधरीले भने:-शिव रत्नपुर गाउँ भारतिय दुधवा नेशनल पार्क( बन)सग जोडिएकोले जंगलि जनावर बडेल ,चिटल, बाँदर हाति, बाघ र अन्य जनावरले खेतबारीमा लगाएको बालि नोक्सान गर्नुको साथै मानिस तथा घरपालुवा हाम्रा जनावरलाई क्षति पु-याउने गर्छन। सिमा ससस्त्र प्रहरी बल (बिओपी) खोनपुर घाटका सुरक्षा बल सिमा सुरक्षाको लागि खटिए पनि बर्षातको सिजनमा गाउँतिर डयुटिमा नगएको र भारतिय एसएसबिहरु दिनहु जसो हतियारधारी पोसाकमा गाउँ पसेर बिना कारण धमक्याउने गर्ने गरेका छन भनेर दुखेसो गरे।
सचिबले अगाडि थपे, सुरक्षाको जिम्मेवारी लिएका हाम्रा सुरक्षाकर्मी आजकल सिमामा जादैनन। नदिको धिकमा बसेर डयुटी गर्छन । यहि मौका छोपेर भारतिय एसएसबिले बिना काममा दुख दिने र भारतिय बन सरक्षकहरुले घाँस काट्न दिने भनेर सालसालै गाउँबाट रकम असुल्ने गरेको र बिना ज्यालाको काम गराउने गरेकाे छन। यदि काम गर्न गएनौ भने गाउँका सोझासाझा ब्यतिलाई (झुठा)मुद्दा लगाएर जेल चलान गर्ने धम्कि समेट दिने गरेको दुखेसो गरे। सबभन्दा त शिबरत्नपुर गाउँको प्रमुख समस्या भनेको मोहना नदिमा सहज बाटोघाटो (पुल) नहुनु हो।अहिले झोलुङ्गेपुल निर्माण हुदैछ ३बर्षमा पिल्लर मात्रै गाडिएको छ।झोलुङ्गे पुल को काम बन्द भएकोले यसबारेमा जानकारी लिदा प्रदेश सासद श्री वीर मान चौधरी र गाउपालिकाका मेयर लाजु राम चौधरीसग बुझ्दा ठेकेदार भारतिय हो। अहिले लकडाउन छ फोन गर्दा हाम्रो फोन ठेकेदारले नउठाएको भनेर कुरा टाले। हाम्रो पीडा कसले बुझि दिने ?हाम्रो लागि सरकार छ भनेर कहिले अभाष हुन्छ हामलाई?भनेर प्रश्न गरे। गाउका भलमन्साले ले पनि अगाडि भने पुरानो नाऊ (ढुङ्गा)थियो त्यसलाई जसोतसो मर्मत गरी नदि पार(आवतजावत )मा सजिलो होस भनेर आफ्नै गाउको ढुङ्गा हाल्ने तयारीमा छौ।मर्मत (ढुङ्गा) को लागत खर्च पालिका समक्ष बिलभरपाई पेश गरेका छौ।आशा छ यसको सुनवाई हुनेछ भनेर।
फियन नेपाल खाद्यय अधिकार संजाल ले नेपालमा २०६५ साल मा स्थापना भई नेपालको विभिन्न ठाउमा र त्यस ठाउका जनतालाई जागरुक बनाई नीति र हकधिकारको सवालमा कुरा उठाउने क्षमता र मनोबल उच्च बनाउन मा सहयोग गर्दै आएको छ। फियन नेपाल ले सरकारलाई जवाफ देहिता बनाउने काम (जोड्ने)गर्छ भनेर यस फियन नेपाल का क्षेत्रिय संयोजक श्री सुरेश गौतमले जानकारी गराउनु भयो। छलफल तथा भेटघाट कार्यक्रममा फियन नेपाल(क्षमता अभिबृद्धि अधिकृत) का मुकुन्द राना प्रेम बि क. तथा पत्रकारहरुको उपस्थिती रहेको थियो।
Comments
Post a Comment