आयोजनाको अनुगमन गरीयो

No description available.
 हसुलिया, १२ असार । कैलालीको कैलारी गाउँपालिकास्थित गाउँपालिका स्तरीय अनुगमन समितिले मापदण्ड अनुसार काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ । 

अनुगमन समितिका संयोजक एवम् उपाध्यक्ष लक्ष्मी सत्गौंवा नेतृत्वको अनुगमन टोलीले वडा नम्बर ३ स्थित उत्तर भडरी सडक ग्राभेल उपभोक्ता समितिलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको हो । सो गाउँमा १५ लाख रुपैयाँ लागतमा सडक ग्राभेलको कार्य भइरहे पनि इस्टिमेट अनुसार काम भएको छैन । 

मापदण्ड बमोजिम काम नभएको पाएपछि अनुगमन टोलीले भएका गल्ती सुधार गर्न समितिलाई निर्देशन दिएको छ । त्यसो नगरिए उपभोक्ता समितिलाई भुक्तानी लिन समस्या हुने समितिका संयोजक सत्गौवाले बताइन् । ‘हामीले पटक–पटक सुझाव दिइसकेका छौं’, उनले भनिन् । ‘अझै पनि मापदण्ड अनुसार काम भएको छैन ।’ 

यसैगरी, अनुगमन टोलीले वडा नम्बर ७ स्थित मोहना नदी पारि रहेको हौसलपुर गाउँमा २५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सुरक्षित घरको अनुगमन गरेको छ ।

यस्तै, वडा नम्बर ५ को छोटी पलियास्थित कल्भर्ट, सोही वडाकै सडकपुरमा निर्माण भएको चेतनशील महिला बहुद्देश्यीय सहकारीको घर, सडकपुरमै वैष्णव धर्मावलम्बीहरुका लागि निर्माण भइरहेको भवनको अनुगमन गरिएको छ । 

No description available.

यस्तै, वडा नम्बर ९ को देवीगञ्जमा तराई मधेश चुरे समृद्धि कार्यक्रमको २५ लाख गाउँपालिकाको अढाई लाख रुपैयाँ र उपभोक्ताको १० प्रतिशत लगानीमा सम्पन्न गरिएको सडक ग्राभेल आयोजनाको अनुगमन गरिएको छ । यस्तै, सोही वडाको सामरचौरामा गरिएको सडक ग्राभेल कार्यको पनि अनुगमन गरिएको छ । 

अनुगमन टोलीमा पूर्वाधार विकास समितिका संयोजक कमलप्रसाद चौधरी, वडा नम्बर ३ का अध्यक्ष कैलाश चौधरी, समितिका सदस्य रञ्जिता चौधरी, गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, गाउँपालिकाका प्राविधिक लगायतको सहभागिता रहेको थियो । 

Comments