प्रबीन बौखही
२०७८ जेठ १० गते का दिन जब म कैलारी गाउँपालिकाको अस्थायी कोरोना अस्पताल बैजपुरको गेट भित्र प्रवेश गरे । दिउँसोको लगभग १२ बजेतिर कोविड टेस्ट गर्ने टाइम थियो । म टाइम भन्दा आधा घण्टा पहिले नै पुगि सकेको थिए। त्यहाँ टेस्ट गराउने मान्छे करिब २०/२२जना थियौ। मलाई कता-कता मनमा शंका, डर त्रासले पिरोली रहेको थियो। त्यहाँ पुग्दा मलाई डर, भई उत्पन्न भए जस्तो भान हुन थाल्यो? अब के हुने होला? कहि कतै पोजेटिभ रिपोर्ट त आउदैन? किनभने त्यहाँको माहोल नै त्यस्तै थियो। हाम्रै अगाडि ईमेरजेन्सि कोबिड भएका ३ जनाहरुलाई कृतिम अक्सिजनको सहारा दिई रहेका थिए। त्यहि देखेर हो कि के हो? म सहासका साथ, हिम्मतका साथ टेस्ट गराउन गएको थिए। र पनि परिस्तिथी त्यहाँको माहोल देखेर मुटु जोर-जोरले धड्किन थाल्यो! श्वास अड्किए जस्तो भान, महसुस हुन थाल्यो? नुन खाएको कुखुरा जस्तै टाउको तल लत्रिन जस्तो हुन लाग्यो? खुशी भएर गएको मान्छे मानसिक चिन्ता बढ्न थाल्यो।
हुन त मलाई यो भन्दा पहिले ०७८ जेठ ०८ गते एक दिन समान्य ज्वरो आएके बेला पबेरा बजारमा रहेको क्लिनिकमा रतग जाँच गराउदा टाइफाइड देखायो र एक दिनमा एक ईन्जेकसन ३ दिन लगाएर सब सन्चो भैइसकेको थिए। तर पनि कोबिड टेस्ट गरि हालौ, गरे के नै हुन्छ र ?मलाई त केही लक्ष्ण छैन ? मन मनै कुरा खेलाउदै गए र गरि हाले पिसिआर टेष्ट। पिसिआर गरेको रिपोर्ट आउन ३ दिन कुर्नु पर्ने भएकोले म त्यो दिनको पर्खाईमा बसेको थिए। किनकि रिपोर्ट सेती हस्पितलबाट दिदो रहेछ। आशै आशमा ३ दिन बित्यो। राति ०८ बजे सम्म मोबाइलमा बारम्बार म्यासेज आएछ कि भनेर हेरे ! र पछि म निदाई सके पछि ९:१५ मा म्यासेज आएको रहेछ ,पत्तै पाएन। बिहान आँखा खुल्यो । अब त म्यासेज आए होला भनेर मोबाइलको स्क्रिन लक खोले अनि म्यासेज सेती कोबिड भनेर देखे। हत्तार हत्तारमा म्यासेज बक्स खोले। म्यमसेज खोलेर हेर्दा म एक्कासि छाँगा बाट खसे जस्तो भए? गहभरि आँसु, रिगटा लाग्न सुरु ग-यो, टाउको फुट्ने जस्तो भयो। बिहान बिहान टेन्सन, टनाव भयो। र मलिन अनुहार लिएर भित्र भित्रै रुदै घरका सबै सदस्यलाई म कोरोना पोजेटिभ भएछु भनेर म्यासेज देखाए।
देखाउने बित्तिकै शुरु भयो कोरोनाको खेल! टाढै बस! छिटो अलग कोठा! बिस्तरा लगाउ! नानाथरी अलग गराउन थाले। दुर दुर गर्दै मेरो लागि अलग्गै सुनसान जहाँ घरका अरु सदस्यको आवतजावत नै हुदैन त्यस ठाउमा मेरो बिस्तारा, मैले प्रयोग गर्ने सरसमान उठाएर काठेघरको माथि तल्लामा होम आइसोलेसन बनाई दिए। त्यस दिनदेखि घरको सब सदस्यहरुले मेरो नजिक आउन चाहेनन? के हुदैछ, के खाने मन छ, के समस्या छ? भनेर बझ्न आएनन। मलाई पनि आफ्नो ज्यानको माया छ? र मलाई जस्तै अरुको पनि माया छ। ठिक छ यस्तो बेलामा भेटनु राम्रो होईन टाढै बस्नु, सुरक्षित रहनु नै कोरोना सँगको लडाई हो भनेर पीडालाई कम गर्थे। मनमनै आफैलाई सम्हाले। सहास दिनुको साटो अप्रत्यक्ष रुपमा मलाई टाढैबाट अर्कै व्यवहार देखाउने, धृणाको दृष्टि,अघिपछि भन्दा अलग व्यवहार गर्ने घरबाट नै भएको छ। र पनि म मलाई बाँच्नु छ परिवार छोरीको लागि। म धेरै खुशि छु, त्यो खुशि के हो? आज सम्म कसैलाई जानकारी गराएका छोनौ हामी बुढा बढि! त्यो खुशिको क्षण अब धेरै टाढा छैन! केही महिना अरु पर्खिनु पर्ने छ।आउने खुशिको क्षणलाई सम्झेर हातका ओैंलाहरु भाँच्दै दिन गन्टि गरि बसेको छु। भगवानले त्यो क्षणलाई सुरक्षित राख्नु भाको छन। त्यो खुशि, सरप्राइज अबको केहि महिना पछि सबैको सामुन्ने भगवान जीले प्रकट गर्नु हुनेछ। अहिले सरप्राई नै राखौ?
मेरो जीवन संगिनि जिन्दगिको साथी सुख दु:खको सहयात्री र साना साना दुई छोरी जो मेरो मुटुका टुक्रा हुन। उनिहरुलाई एक छिन पनि आँखाको ओझेल हुँदा मन धेरै रुन्छ। सानी छोरी ४ बर्षकी छे उसलाई के थाहाँ कोरोना के हो? बाबालाई कोरोना भएछ? बाबा बाबा भन्दै सधैझै म सँग टासिन खोज्छे। म टाढैबाट मनमा पीडा लुकाउदै, छोरीलाई फकाउदै, छोरी हजुर ज्ञानी मान्छे, म अब चाडै हजुर सँगै खेल्छु ल? भनेर भुल्याउने गरेको छु। उ कोठाको झ्यालबाट चियाउदै बाबा बाबा भन्छे! त्यति बेला मेरो छातिमा ती शब्दले निकै घोप्छ। त्यति बेला निकै पीडा हुन्छ।
मलाई जीवन भरीको साथ निभाउने बाचा, कसम सात फेरा लिएका संगिनि टाइम टाइम मा डिस्पोजल भाडोमा, टपरीमा सेफ्टिका साथ मलाई नास्टा, खाना पानी पुर्याउन आउछिन। यो कोरोनाले गर्दा मेरी बुढि भात, नास्टा, तातो पानी तलबाट सिंढि सम्म आधी बाटोमा राखेर जान्छिन।मलाई मनभित्र कता कता नराम्रो सोच उत्पन्न हुन्छ। कुकुर, बिरालो जस्तो लाग्छ। कहि कतै हाम्रो नेपालको कुनै समाजमा हुने गरेको छुवाछुट।महिलाहरुको मासिक चक्रभएको बेला मान्छे बाट अलग बास बस्नु पर्ने बाध्यता हुन्छ। ठिक त्यसैको दुर दुर र छिछिको याद आउँछ। यसरी मानसिक चिन्ताले सताउँदा झन आफैलाइ कमजोर बनाउछ। कोरोनाले झन आक्रमण गर्छ। भनेर न्युज ,पत्रपत्रिका, स्वास्थ्य कर्मीले सुझाब दिई राखेकोले मनलाई दरो मजवुट पारने कोसिसका साथ दिनरात सुनसान कोठामा पिंजडाको सुगा जस्तै दिन कताउन् बिबस छु। बिबसतालाई पन्छाइ छोरीहरुको उज्वल भबिष्यको लागि म मेरो पिडालाई वास्ता नगरी मनलाई शान्त पार्न रखौना तालको माछाहरुको रमिता हेर्दै दिन अगाडि बढाइ रहन्छु। दैनिक साझ ४ बजे मेरो अड्दा नै बनी सकेको छ रखौना ताल। त्यहाँ हरियो दुबो घाँसमा कहिले पलेटी कसेर। त कहिले घोप्टो परेर? कहिले सुतेर? एक्लै मोबाईलको क्यामेरा अन गरि ख्याचेक-ख्याचेक जबरजस्ति ओठमा बनावटी मुस्कान ल्याई, आफैले आफ्नो फोटो खिच्छु। कहिल्य काहीँ टिकटक को नशा लाग्छ क्या हो । मोबाइल क्यामेरालाई चप्पलको अडेस लगाएर, फोटो र भिडियो बनाउन कोसिस गर्छु। आफैले बनाएको भिडियो हेरी लजालु पाराले आफै मुस्कुराउने गर्छु।आनन्द मिल्छ, सुकुन महसुस हुन्छ।
मेरो बुढी मनको सफा सहयोगी भावनाको खानी भएकोले गर्दा मलाई टाढैबाट भए पनि हौसला दिन्छिन। बुढी अलि दुब्लीपाट्ली छिन। कैयौं पल्ट भ्याङ्ग चढ्दा कम्मर पेट दुख छ रे! त्यसमा पनि म यो हालतमा छु। तरकारी, भात, नास्ता पकाएर खुवाउछिन र सधै कस्तो छ तरकारी भनेर सोध्ने गर्छिन? म सधै मीठो मानी कपाकप खान्छु । यसरी दिनरात बिताउदै छु। होम आईसोलेसनमा मलाई केही अप्थ्यारो समस्या छैन।त्यसैले घरको छेउमै हराभरा जंगल भएकोले साँझ बिहान बनमा घुम्न जान्छु , स्वच्छ ताजा अक्सिजन लिदै नजिकै जंगल भित्र रहेको प्राकृतिक ताल "रखौना" मा माछा पालन ब्यबसाय छ। ताल मनमोक रमनिय। त्यहाँ बिभिन्न जातजातिका चराचुरुङ्गि देख्न सकिन्छ। चारैतिर जंगल बिचमा बिभिन्न नामाकरण गरिएका तालतलैया छन। त्यस मध्ये रखौनाको एरिया लगभग ८ बिगाहा मा फैलिएको छ। यो ताल घुम्न आन्तरिक पर्यटकहरु घुम्न, पिकनिक मनाउन, क्यामेरा, ड्रोन क्यामेराको सहायतमले यसको फोटो खिचेर अवलोकन गर्छन त कोहि डुङ्गा टरी रमाउँछन ।अथाह सम्पति बन्न सक्छ र सम्भाबना बोकेको छ यो ताल । कैलारी गाउँपालिकाको वडा नं. ०५ बैजपुर गाउँ नजिक छ। त्यहि तालको छेउको हरियो घाँस मा बसेर बिभिन्न मुक्तक, गजल , कथा, भावना रचना गर्दै मनलाई खुसि बानउने, मनको बोझलाई साहित्यमार्फट कम गर्ने कोसिस गर्दै आईरहेकोछु। यो दृष्यले मलाई जिउन सिकाएको छ। कोरोनासँग लड्न सिकाएको छ।
साहित्य लेखन मेरा गुरु थारु बस्टिको सान, अब्बल खम्भा हुन सागर कुश्मी, वहाँ थारु साहित्यकार, पत्रकार जगतमा अग्रणी भुमिका निर्वाह गर्दै आउनु भएको छ। उहाँ निसराउ पत्रिकाको प्रधान सम्पादक, एक परगा डटकमको प्रधान सम्पादक हुनु हुन्छ।। उहाँको हौसला, प्रेरणाले म पनि थोर बहुट साहित्य रचना गर्ने गर्छु। आज सागर दाईले देखाउनु भएको बाटो अर्थात साहित्य लेखन आज सुनसान, मानव सम्पर्क बिहिन उजार बस्टिमा साहित्यले निकै सहयोग पुर्याएको छ। मनको पिडालाई साहित्य रचनाले मनलाई खुसि बनाई आपतकालिन घडिमा सहास र कोरोना सँगको लडाई लड्न साहित्यले नै साथ दिएको छ। जिउने आधार र बाटो खोली दिएको छ। यो सब आदरणीय गुरु सागरको देन हो। साहित्य यस्तो हतियार र औषधि हो जसले करोडौको भिडमा एक्लै लडन सिकाउछ र लड्दै छु कोरोना सँग म। आज मेरो लागि अमुल्य गुणकारी ओैषधि साबित भएको छ साहित्य। मेरो दिन चर्या नै बनेको छ साहित्य लेखन । साथ सहयोग , सल्लाह , सुझाब मेरा प्रिय शुभचिन्तक सहकर्मीले हुने सहयोग गरेकै छन।
विशेष गरी साह्रु बि बि सी ज्युले च्याट गरी दैनिक सन्चो बिसन्चो खबर लिनु हुन्छ कहिले गित, गजल, मुक्तक, बट्कोही म्यासेजर मार्फट पठाएर मेरो एकान्तको बासमा मुस्कान ल्याई दिनु हुन्छ। उहाँलाई बहुट धन्यबाद दिन्छु। आज म यो अबस्था मा गुज्रिरहेको छु।यस्तो बेला मा मानसिक तनाव बाट टाढै बस्नु पर्छ। यो मलाई थाहा नै छ तर पनि यो हालत मा प्रशस्त मात्रामा तागटतिलो फलफुल खानु पर्ने समय मा पनि म काम गर्ने संस्था(अफिस) ले मलाई केही वास्ता गरेको छैन? "युज एण्ड थ्रो" को ब्यबहार गरेको छ। म्यानेजरलाई सब कुरा राख्दा पनि केही सुनवाई भएन हुन्छ हुन्छ भन्ने। सिर्फ उधारो आश्वसन मात्रै? बारम्बार फोन गर्दा पनि फोनको जवाफ न दिने, यो कस्तो अफिस? कस्तो जागिर मेरो? तलब पनि समयमा न दिने कस्तो संस्था? मलाई बडो दुख का साथ भन्नू पर्दा आपतमा कोहि रहेन छ साथ ? धिक्कार छ जिन्दगी?
कुरा तितो छ तर सत्य हो। उता मेरै सहकर्मि साथीले ७/८ दिनको लागि मागेको साप्टी पैसा । आज लगभग ५ महिना पुग्दै छ कुनै अत्तोपत्तो नै छैन? म पैसाको लागि कसरी भिख मागे जस्तो गरू? म त तनावै तनाव मा गुज्रिरहेछु त्यसमा पनि संक्रमिट छु। जति पैसा थियो सब खतम भै हाल्यो अब म के गरु अन्योलमा छु। घरबाट सहयोग केही छैन? कोसँग मागु ? लकडाउनमा को देला? सबको समस्या त एकै हो? मनका बह र गहभरी आँशुलाई कहिल्य काहीँ न चाहदा चाहदै पनि बलिन्द्र आँसुका थोपा टप-टप रसाई हाल्दो रहेछ। राती ११/१२ बजे सम्ममा अनेकौ कुरा खेल्छ निन्द्रा नै लाग्दैन । तै पनि मन बहलाउने, खालका गितसंगित, थारु झुम्रा भिडियो गित, टिक टक, हँसाउने भिडियो हेर्छु र सुत्छु। यसरी गुमसुम दिनरात काट्दै केही दिनमा कोबिड रिचेक गर्ने दिन आउदै छ। अब आउने केहि दिनमा पक्कै पनि हजुरहरु समक्ष प्रत्यक्ष भेट गर्ने बाचा गर्दछु र आफ्नो छोरीलाई अंगालो मार्दै मीठो दिन बिताउने छु। (होम आईसोलेशनबाट)
Comments
Post a Comment