टिप्परले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते

 


धनगढी ३० माघ  कैलालीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन्।  

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्की बजारस्थित पूर्वबाट पश्चिमतर्फ आइरहेको भे १ ख ३०५५ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको से ६ प ९३४२ को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेर मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–१ बस्ने २० वर्षीय जनक थापा घाइते भएका छन्।

टाउको र मुखमा चोट लागेका थापालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। 

विज्ञापन

टिप्पर र चालक बारबर्दिया नगगरपालिका १ का २६ वर्षीय अखिल थारुलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको जनाएको छ। 

Comments