अध्यक्ष रनिङ कप खेलकुद प्रतियोगिता:आयोजक कैलारी स्मार्ट समन्वय युवा क्लब विजय

 


हसुलिया, २९ माघ । कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भडरीमा जारी अध्यक्ष रनिङ कप खेलकुद प्रतियोगिता अन्र्तगत बुधबार भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

आयोजक कैलारी स्मार्ट समन्वय युवा क्लब कैलाली र धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडाको मनकामना युवा क्लब बिच भएको प्रतियोगितामा आयोजक कैलारी स्मार्ट युवा क्लबले १ को विरुद्ध ६ गोल गर्दै विजयी भएको छ । आयोजक क्लबको तर्फबाट टीम क्याप्टेन भीखराम चौधरी २ गोल, जीवन चौधरी २ र गुलाब चन्द चौधरी २ गोल गरेका थिए । भने मनकामना युवा क्लबका सुरज खाती १ गोल फर्काएका थिए ।
प्रतियोगितामा प्रथम भएको आयोजक कैलारी स्मार्ट क्लबलाई नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र र द्वितिय भएको मनकामना युवा क्लबलाई नगद रु ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको मिडिया संयोजक मिशन चौधरीले जानकारी दिए ।

Comments