काठमाडौँ,५ फागुन । नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । बुधवार छापावाल सुनको मूल्य प्रति तोला ८९ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार यस्तो सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजाबी सुन प्रति तोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो ।महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कायम भएको थियो ।
Comments
Post a Comment