भागरथीकी आमाको आशंका ‘दिनेशले मारेको बिश्वास छैन, ठुलो खेल हुदैछ’

 


धनगढी, ५ फागुन/ भागरथी हत्यामा संलग्न आरोपीलाई आज बुधवार प्रहरीले १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा दिनेश भट्टलाई पक्राउ गरि सार्वजनिक गरेको हो । तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन् ।

उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका दिनेश भट्टले भागरथीको हत्या गरेको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन् । किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेका उनको भनाई छ ।

“घटना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएको हो । उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो । आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ । उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । बाजे–बाजे भाइ हुन् । छोरी जेठी हो, उ कान्छो हो । उ भन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मा¥यो भागरथीलाई मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,” भागरथीकी आमा द्रोपतीले भनिन् ।

हिजोसम्म सामूहिक बलात्कार भन्ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्ने यो हत्यारा लुकाउने खेल भएकोे द्रोपतीको भनाइ छ । द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन् । “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन । तबसम्म म शव पनि बुझ्दैन । अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु । न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन । म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,” उनले भनिन् ।

Comments