कैलारी पोष्ट संबाददाता ५ फाल्गुन । कैलालीको गाउँपालिका–९ स्थित घुरहा नदीमा निर्माण भएको झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन । सो पुल निर्माणले वडा नम्बर ९ को सामरचौरा, शितलपुर लगायतका गाउँका स्थानीयलाई ओहोरदोहोर गर्न सहज हुनेछ ।
कुल ८८ लाख ६६ हजार रुपैयाँ लगानीमा पुल बनेको झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष रामसमझ चौधरीले बताए । तर, उपभोक्ता समितिमार्फत ३९ लाख ८५ हजार रुपैयाँकोमात्रै कारोबार भएको उनले जनाए । ‘बाँकी रुपैयाँको सामान केन्द्रबाटै आएको थियो’, उनले भने ।
पुलका लागि समितिलाई केन्द्रबाट ३२ लाख ७८ हजार, कैलारी गाउँपालिकाको कार्यालयबाट पाँच लाख ३० हजार सहयोग भएको जनाइएको छ । यसैगरी, जनश्रमदानबाट एक लाख ७६ हजार रुपैयाँ सहयोग भएको जनाइएको छ ।
झोलुङ्गे पुल उद्घाटन अवसरमा वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरी, नेकपाका नेता बतासु चौधरी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
Comments
Post a Comment