पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेनमाथि आक्रमण

 


नयाँ दिल्लीः भारतको पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसेनमाथि आक्रमण भएको छ।

राज्यका श्रम मन्त्री  हुसेनलाई लक्षित गरी बुधबार राति मुर्सिदावादको रेलवे स्टेशनमा बम आक्रमण भएको हो। आक्रमणमा परि उनको खुट्टामा चोट लागेको छ।  उनलाई उपचारका लागि जांगीपुर सब डिभिजन अस्पतालमा भर्ना गरिएको छ। आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन्। 

मुर्सिदावादको जांगीपुरबाट विधानसभा सदस्यसमेत रहेका हुसेन उद्यमी पनि हुन्। उनको  बिडी बनाउने कम्पनी छ।

प्रहरीका अनुसार कलकत्ता जानका लागि निम्तिता रेलवे स्टेशनमा पुगेका हुसेनमाथि राति १० बजे बम आक्रमण भएको थियो। आक्रमणको जिम्मा कसैले लिएको छैन। 

Comments