काठमाडौ १४ माघ । केही दिन अघि सम्म युट्युवरहरुका लागि सेलिब्रटी बनेका अर्जुन बिकलाई प्रहरीले गम्भिर घटनामा पक्राउ गरेको छ । श्रीमतीले छोडेर गएको भन्दै सानो दुई वर्षका छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएका थिए । उनले श्रीमतीका बारेमा दिएको अभिब्यक्ति पनि झुटो सावित भएको थियो । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) लाई १३ वर्षकी बालिकालाई ज’बर’ज’स्ती ग’रेको घटनामा पक्राउ गरिएको हो । उनले बालिकालाई आफ्नो कोठामा ब’न्ध’क बनाएको पनि आरोप छ । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो। उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई कैलालीवाट काठमाडौ ल्याएर कोठामा राखेका थिए । अ’पह’र’ण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएको बालिकाले बयानमा बताएको प्रहरीले जनाएको छ । उनले गत साउन १५ गतेसम्म किशोरीलाई डेरामै राखेर आफु सम्पर्क विहिन भएका थिए । किशोरीले गत साउन ३० गते आफु माथि घटना विवरण सहित प्रहरीमा उजुरी दिएकी थिइन् । खोजी क्रममा उनलाई काठमाडौंमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘काठमाडौमा पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको छ । अर्जुन विक केही महिनाअघि श्रीमतीले धो’का दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए।
Comments
Post a Comment