धनगढी, ११ माघ । धनगढीमा माघ १७ गते नेकपाको प्रचण्ड–माधव नेपाल समूहले वृहत शक्ति प्रदर्शन गर्ने भएको छ । सो समूहको शनिवार धनगढीमा सम्पन्न भएको प्रदेश कमिटीको बैठकबाट उक्त निर्णय गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका प्रदेश इन्चार्ज डा. भीम रावलले प्रदेश कमिटीको आयोजनामा प्रदेशस्तरीय बृहत विरोध प्रदर्शन र जनसभा गरिने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध बृहत प्रदर्शन गर्ने निर्णय गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको सरकारलाई अदालत तथा निर्वाचन आयोगमा कीर्ते काम गरिरहेको प्रमाणहरू बाहिर आएकाले केपी सरकार नभएर किर्ते सरकार भएको आरोप लगाए। उनले शनिवारको बैठकबाट आन्दोलन र सङ्गठन विस्तारलाई थप सुदृढ पार्ने निर्णय भएको बताए ।
Comments
Post a Comment