माघे सक्रान्तिको १ दिन सार्वजनिक बिदा तर थारू समुदायद्वारा कम्तीमा ३ दिन विदाको माग

 


काठमाडौं, पुस २६  । सरकारले माघ १ गते माघे सक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो ।



तर, त्यही दिन थारु समुदायको नयाँ वर्ष तथा महान पर्व माघ पनि पर्ने भएकाले थारु समुदाय वर्षौ देखि माघमा कम्तीमा ३ दिन सार्वजनिक विदा माग गरेका छन् ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली जिल्ला संयोजक तथा थाकास कैलाली उपसभापति माधव चौधरी माघमा कम्तीमा ३ दिन सार्वजनिक विदाको माग गरे । माघ थारु समुदायको नयाँ वर्ष एवं महान चाड भएकोले उनले पुस अन्तिम दिन र माघ १ र २ गते सार्वजनिक विदा दिनु पर्ने माग गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख पर्व माघ र अट्वारीमा एकदिने सार्वजनिक विदा दिने गरेको छ । थारु कल्याणकारिणीसभा सहित थारुको अन्य संघ संस्थाले थारुको प्रमुख चाडपर्वमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् ।
यसअघि थारु समुदायले सुदूरपश्चिम प्रदेशमा अटवारी पर्वमा सार्वजनिक विदा पाएका थिएनन् । यद्यपि थारु समुदायले केन्द्रीय स्तरबाटै अटवारी र माघ पर्वमा विदाको माग गर्दैआएका छन् ।




Comments