हसुलिया, २८ मंसिर । कैलारी गाउँपालिका वडा नं. ७ अन्र्तगतको कृषकहरुलाई गहुँ विउ उत्पादन तथा खेती प्रविधी सम्बन्धी स्थलगत तालिम आइतबारका दिन बसन्तामा शुरु भएको छ ।
कैलारी गाउँपालिका वडा नं ५ र ७ अन्र्तगतको मुख्यमन्त्री नमूना गाउँ गहु कृषक समन्वय समितिको आयोजना तथा कृषि ज्ञान केन्द्र कैलालीको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गरेका थीए । कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष चौधरीले कृषकहरुलाई विजवृद्धि तालिम लिएर स्थानीय स्तरमाँ धान गहुँ लगायतको बालीको बिउ उत्पादन गरी बाहिरबात आउने विउविजनको प्रतिस्थापन गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममाँ वडा नं. ७ को वडा अध्यक्ष कमलप्रसाद चौधरी, कृषि ज्ञान केन्द्र कैलालीको भूमिराज उपाध्याय लगायतको अतिथिहरु रहेका थिए ।
Comments
Post a Comment