पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य रेशम चौधरी लगायतकालाइ अदालतले पुनः दोषी ठहर गर्नु दुःखद भएको टिप्पणी
धनगढी, ३ पुस । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य रेशम चौधरी लगायतकालाइ अदालतले पुनः दोषी ठहर गर्नु दुःखद भएको टिप्पणी गरेका छन।
जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै थारु जातिको मुक्ति अभियानमा लागेका नेताहरुलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद भएको टुइटरमा लेखेका छन् ।
‘सांसद रेशम चौधरी,लक्ष्मण थारू लगायतका नेपालको सम्भवतः सबभन्दा पुरानो तर अत्यन्त उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद छ१’ भट्टराईले लेखेका छन।
उनले प्रधानमन्त्री केपीशर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला थारूविद्रोहको चाहिं अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक भएको समेत उल्लेख गरेका छन।
उच्च अदालतले बिहीबार रेशम चौधरीसहितका ७ जनाको हकमा जिल्ला अदालतकै जन्मकैदको फैसला सदर र ३ वर्ष कैद सजाय सुनाइएका लक्ष्मण थारुलाई जन्मकैद गरेपछि भट्टराइको यस्तो प्रतिक्रिया आएको हो।
Comments
Post a Comment