हसुलिया, १ पुस । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ मा बुधबार कोभिड–१९ महामारी रोकथाम तथा व्यवस्थापन सम्बन्धी वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कोरोना महामारीको सङ्क्रमण रोक्ने उद्देश्यले वडा स्तरीय सचेतना कार्यक्रम गरिएको हो । वडा अध्यक्ष विष्णुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य, स्वास्थ्यकर्मीहरु कुसुम चौधरी, जानकी पन्त, विद्यालयका शिक्षक, विभिन्न गाउँमा भलमन्साको उपस्थिति रहेको थियो । सो क्रममा वडा अध्यक्ष विष्णु चौधरीको संयोजकत्वमा कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निगरानी समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा बीओपी पलियाका गणेशबहादुर रोकाया, इलाका प्रहरी कार्यालय हसुलियाका भरत विष्ट, हेल्थ पोष्ट पवेराका जानकी पन्त रहेका छन् । यसैगरी, भल्मन्साहरु मानबहादुर चौधरी, हनुमान चौधरी, रामप्रसाद चौधरी, महिला स्वास्थ्य स्वयम् सेविकाहरु शान्ती चौधरी, गन्धवी चौधरी, सुशीला चौधरी पनि सदस्य रहेका छन् ।
यस्तै, अन्य सदस्यहरुमा सुनहरात ताल माविका कृष्णकुमार चौधरी, चेतनशील महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका हीरा चौधरी, कृष्णा चौधरी जनकल्याण मावि पवेराका छेदुराम चौधरी रहेका छन् । समितिको सदस्य सचिवमा पूर्व वडा सचिव सोनुराम चौधरीलाई चयन गरिएको छ । निगरानी समितिले कोरोना महामारीको सङ्क्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि काम गर्ने जनाइएको छ । यसैगरी, सो समितिले वडामा निगरानीसमेत गर्नेछ ।
Comments
Post a Comment