काठमाण्डौ, १५ पुस । मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई हेर्न नभ्याउने भएपछि आजलाई स्थगित भएको हो ।
उक्त रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले जानकारी दिए ।
गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले दर्ता गरेको रिटको पेशी आजको लागि तोकिएको थियो ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए ।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।
Comments
Post a Comment