विरोध कार्यक्रमलाई छोडेर एकाएक सम्पर्क विहिनभएपछि सासंद सिहं

 


धनगढी, १५ पुस/ बझाङबाट निर्वाचित विघटित प्रतिनिधि सभाका सासंद भैरव बहादुर सिहं पुस १२ गते काठ्माडौंबाट बझाङ पुगे । प्रचण्ड–नेपाल समुहले हिजो मंगलबार चैनपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न बझाङ पुगेका थिए । सिहं पुस १३ गते प्रचण्ड–नेपाल समुहले नै आयोजना गरेको जिल्लाको विस्तारीत बैठ्कमा समेत सहभागी भए ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सह–इन्चार्ज भानुभक्त जैशी, केन्द्रीय सदस्य देवराज रेग्मी, प्रदेश सभा सदस्य देवकी मल्ल लगाएतका नेताहरु सहभागी रहेको बैठ्कमा सिहंले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरे ।

उनले ओलीले चालेका कदम संविधान विरोधी, पार्टी एकताको मर्म विपरीत र जनभावना विपरीत भएको भन्दै जिल्लाका नेता कार्यक्रर्तालाई प्रतिकार र विरोधमा उत्रिन आह्वन गरे । सिहंले बैठ्कमा ओलीले संघिय व्यवस्था र देशलाई नै बरवाद पार्न खोजेको आरोप समेत लगाए ।

बैठ्क सक्काएर केन्द्रीय सदस्य देवराज रेग्मी संगै चैनपुरको एक गेष्ट हाउसमा सुतेका सासंद सिहं मंगलबार बिहान एकाएक गायब भए । उनि हिजो चैनपुरमा भएको विरोध सभामा सम्बोधन गर्ने दोस्रो वक्तामा थिए ।

चार दिनदेखी संगसंगै रहेका सिहं एकाएक किन गायब भए भन्ने बिषयमा संगै सुतेका रेग्मी समेत अनविज्ञ छन् । ‘छुट्टिने बेला एकचोटी पनि यो काममा जादैछु भन्नु भएन्, किन त्यसरी निस्कीनु भयो अहिलेसम्म जवाफ पाउन सकेको छैन्, उहाँको दुवै फोन अफ छ’ रेग्मीले भने ।

‘काठ्माडौबाट प्लेनमा धनगढी र धनगढीबाट बझाङ संगै आयौ, उहाँले काठ्माडौं छोडेपछि धेरै नै फोनहरु आउन थाले, यात्राकै क्रममा मलाई समेत भन्नु भयो, यता आएपछि धेरै फोन आउन थाले के गर्ने होला ?’

आएका फोनहरुको वेवास्ता गर्दै प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जिल्लाको विस्तारीत बैठ्कमा सहभागी भएका सासंद सिहं हिजो भएको विरोध सभालाई पनि सम्बोधन गर्न तिव्र तयारीमा थिए ।

रेग्मीले भने ‘हिजो बिहान उठ्ने बित्तिकै उहाँले भन्नुभयो मेरो त राति फोन आयो कमरेड के गर्ने होला ? फोन आइरहन्छन् छोड्दिनुस् बरु चिया खान जाउँ भनेर दुवै जना चिया खान निस्कीयौ । चिया खाईसकेपछि उहाँलाई भेट्न केही मान्छेहरु आए । तपाई भेटघाट गर्नुस् म अरु नेताहरुलाई भेट्न जान्छु भनेर एकछिन् निस्कीए ।’

जिल्लाको पार्टी कार्यालय नजिक भानुभक्त जैशी र जिल्लाका अध्यक्ष मीन बहादुर कुवँर हामी बसिरहेका थियौ, भानु जी ले भैरब जी लाईपनि बोलाउनुस् भनेपछि उहाँको खोजी सुरु भयो । फोन अफ रहेछ । यसो खोजी गर्दै जादाँ उहाँ त सम्बोधन कार्यक्रम छोडेर झानाना भन्दा अगाडी गइसक्नु भएछ ।’

विरोध कार्यक्रमलाई छोडेर एकाएक सम्पर्क विहिनभएपछि सासंद सिहं जिल्ला कुनैपनि नेताको सम्पर्क आएका छैनन् ।

सुदूरपत्रले सासंद सिहंलाई सम्पर्क गर्दा आफु अहिले जिल्लाको बुङगल नगरपालिकामा रहेको बताएका छन् । ‘कालङ्गा हाईड्रो पावरको काम विशेषले बुङगल गएको हुँ म कसैलाई असहयोग गर्ने किसिमले, छोडेर भागेको हैन् ।’

उनले भने ‘हाईड्रो जरुरी मिटिङ भएकोले आएको हु, कोण सभा गर्ने कार्यक्रम थियो, बोल्ने वक्ताहरु छदै छन् भनेर यता आए । आजै धनगढी फर्किने तयारीमा छु ।’

तपाईले प्रचण्ड–नेपाल समुह छोडेर ओली लाइन् तिर गएको भन्ने हल्ला छ नि ? भन्ने प्रश्नमा उनले भने ‘प्रचण्ड–नेपाल लाइन, केपी लाइन् भन्ने छैन् । म पार्टी एकताको पक्षमा छु, फुटेर हैन्, जुटेर जानुपर्छ भन्ने मेरो धारणा हो । मैले प्रचण्ड–नेपाल लाइन छोडेर प्रधानमन्त्री केपी ओली तर्फ गएको भन्ने कुरा झुटो हो । माननियको हिसाबले बोलाएको कारणले यहाँ आएको हुँ । मैले कुनै लाइन छोडेको छैन् ।’

सासंद सिहं नेकपा उपाध्यक्ष बामदेव गौतम निकट मानिन्छन् । अहिले नेकपामा दुईपक्ष बिच विवाद चर्किएका बेला बामदेव न्युटल अवस्थामा छन् । बामदेव न्युटल भएकै कारण सासंद सिहंले कार्यक्रममा सम्बोधन गर्न नचाहेर भागेको जिल्लाका नेताहरुले बताएका छन् ।

Comments