दिनभर दाहाल–नेपाल पक्षसंगै सडक आन्दोलनमा साँझ प्रधानमन्त्री ओलीद्वारा विस्तारित मन्त्रीपरिषदको सूचीमा
कैलारी, ११ पुस । कैलाली निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित गौरीशंकर चौधरी शुक्रबार दिनभर दाहाल–नेपाल पक्षसंगै सडक आन्दोलनमा थिए ।
उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको आन्दोलनमा सहभागी थिए ।
आन्दोलनबाट एकाएक बाहिरिएका चौधरी साँझ प्रधानमन्त्री ओलीद्वारा विस्तारित मन्त्रीपरिषदको सूचीमा परे । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
दाहाल–नेपालको समूह छोडेर ओलीसमूहमा लागे पछि अहिले उनको चर्को अलोचना भइरहेको छ । उनीविरुद्ध करोडौँको मुद्धा परेको र सोही मुद्धा मिलाउने सहमतिमा उनले दाहाल–नेपाल समूहलाई छोडेर ओलीलाई साथ दिएको बताइएको छ ।
यता कैलाली रहँदा समेत मन्त्री चौधरीले कैलालीका विभिन्न क्षेत्रमा आफूनिकटका कार्यकर्तालाई भेला गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका थिए । उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको बताएका थिए ।
सुरुदेखि नै नेकपा अध्यक्ष प्रचण्डनिकट रहेका पूर्वकृषि मन्त्री चौधरी दोस्रोपटक ओली क्याबिनेटमा सुटुक्क मन्त्री बनेपछि उनको निर्वाचन क्षेत्रमा तरङ्ग नै पैदा भएको छ ।
ओली क्याविनेटबाट मन्त्री भएपछि अहिले उनलाई कैलालीमा अर्को चुनावका लागि खुल्ला चुनौती पनि दिइएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आफ्नो फेसबुकमा लेख्दै मन्त्री चौधरीलाई कडा चुनौती चुनौती दिँदै लेखेका छन्,‘फेरि भन्न मन लाग्यो, तनहुँमा केपीलाई रामचन्द्रको च्यालेञ्ज, कैलालीमा
गौरीशंकर र मेरो च्यालेन्ज ।’
Comments
Post a Comment