बसन्ता वन क्षेत्र अन्र्तगतको हुलाकी सडक खण्डको अनुगमन

 


धनगढी, २८ मंसिर। कैलालीको बसन्ता वन क्षेत्र अन्र्तगतको हुलाकी सडक खण्डको अनुगमन गरिएको छ 

उक्त सडक खण्डको दुई किलोमिटरमा पर्ने विभिन्न १ सय रुख नहटाएको कारण सडक निर्माणमा ढिलाई हुदी गएकोले आइतबारको अनुमन गरेको हो । रुख नकाटेर त्यो सडक खण्ड निर्माणम ढिला हुदी गएको छ ।
रुख नहटाएको कारण ढिलाइको कारण धनगढी–भजनी–सत्ती हुलाकी सडक खण्ड अन्र्तगत बसन्ता वन क्षेत्रको दुई किलोमिटर मात्र सडक निर्माण हुन बाँकी रहेको छ । अब त्यो २ किलोमिटर छोदेर अन्यतीर सडक स्त्तरोन्तीको काम सुरु भैसकेको छ । धनगढीबात मनेहरासम्म ४ लेन र बाँकी सडक खण्ड २ लेन चाकर बनउने र  सडक स्तरोन्नतिको काम पनी धमाधम आगाडी बढेको छ ।

अनुगमन टोलीम रहेका प्रतिनिधी सभा सदस्य गौरीशंकर चौधरी समयमा रुख नहटाउदा सडक निर्माणमाँ ढिला भएको बताए । उहाँ क्याबिनेटबात रुख हटाइ सडक निर्माणको कार्य अगाड़ी बढाउने निर्णय गरेको तर धेरै कारण देखाउदै वन कार्यालयले रुख हटाउन आलटाल गरेको बताए ।
अनुगमनको क्रममा टोलीले बसन्ता वन क्षेत्र अन्र्तगत २ किलोमिटरमा पर्ने १ सय रुख हटाइ दिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेका छन । उ रुखहरु नहटाए सडक निर्माण गर्न नसक्ने अवस्था रहेकोले सडक निर्माण कार्यलाई अगाड़ी बढ़ाउन नियमानुसार रुखहरु हटाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको  हो ।

टोलीले धनगढी–भजनी–सत्ती हुलाकी सडक खण्डको चेनेज ३१ बात ३३ सम्म २ किलोमिटर सडक खण्ड निर्माणको लागी  बिभिन्न जातको १ सय रुखहरु नहटाए सडक निर्माण गर्न नसक्ने अवस्था रहेकोले, सडक खण्डको एलाइनमेन्ट हाल परिवर्तन नभएको, उक्त सडकको चेनेज खण्डको चेनेज ३१ बात ३३ सम्मको भाग निर्माण भई कालोपत्रे भएको, हाल सडक खण्डमा पर्ने रुखहरू हटाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको  हो ।

 जनाएको छ।

अनुगमनमा प्रतिनिधी सभा सदस्य गौरीशंकर चौधरी, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, वडा नं. ७ को  वडा अध्यक्ष कमलप्रसाद चौधरी, वडा सदस्य सुन्दरप्रसाद चौधरी, डिभिजन वन कार्यालय कैलालीको रामचन्द्र कँडेल, वसन्ता सव डिभिजन वन कार्यालयको प्रमुख लोकराज दहाल रहेका थिए ।यस्तै नेकपाको  कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरी, नेपाली कांग्रेसको कृष्ण प्रसाद चौधरी, हुलाकी राजमार्ग योजना कार्यालय प्रमुख रामपुकार जयसवाल, सामुदायिक वन समन्वय समितिको अध्यक्ष रामबहादुर चौधरी, बर्का बसन्ताको भलमन्सा चिपुराम चौधरी, बैजपुर गाउँको भलमन्सा लालतुराम चौधरी, राप्रपाको शिवनारायण चौधरी लगायत बिभिन्न सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षहुरुको समेत सहभागिता रहेको थियो ।

 


Comments