धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन् ।
धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा बढि सार्वजनिक शौचालयको आवश्यकता रहेको बताइन्छ ।
उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने– अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ ।
हाल धनगढी उपमहानगरपालिकाभित्र छ वटा सार्वजनिक शौचालय निर्माण भएका छन् । धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार धनगढी बसपार्कमा दुई, भन्सार कार्यालय नजिक, उपमहानगरपालिकाको कार्यालय अगाडी, जिल्ला प्रशासन कार्यालय संगम टोलमा एक÷एक वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।
उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउछन् । डिभिजनल भट्टले भने– उनका अनुसार मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनले भने– अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ ।
धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।
उपमहानगरपालिकाले यस वर्ष मुख्य सडकका थप दुई स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए । उनले भने– माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन ।
उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए । उनले भने– मुख्य र सहायक सडकमा सार्वजनिक जग्गा नहुँदा समस्या भएको छ ।
बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन । धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहु“दा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ ।
कैलाली जिल्लालाई मुलुकको ५१ औं जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । कैलालीमा एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहे पनि अझै तीन प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेको देखाएको छ ।
कैलालीमा खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा रहे पनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहु“चमा रहेको तथ्यांकले देखाएको छ ।
Comments
Post a Comment