हसुलिया, १४ मंसिर । कैलालीको कैलारी गाउँपालिका–९ मा आइतबार कन्ट्याक्ट ट्रेसिङ गरी ६० जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ ।
शनिबार सो वडाका एक महिला र तीन पुरुष गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ६० जनाको स्वाब संकलन गरिएको गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी कुसुम चौधरीले जानकारी दिए ।
उनका अनुसार केही दिन अगाडि धनगढीबाट फर्केका सो वडाका एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति धनगढीमा पेन्टिङको काम गर्दै आएका थिए । ती व्यक्तिको सम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । शनिबारै वडा नम्बर २ का एक पुरुषलाई पनि संक्रमण पुष्टि भएको थियो । कैलारी गाउँपालिकामा हाल छ जना संक्रिय संक्रमित रहेका चौधरीले जनाए ।
Comments
Post a Comment