धनगढी, १६ कात्तिक । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप ३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३०३ जनाको नमुना परिक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार २५ पुरुष र ७महिला गरि जना ३२ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा धनगढी वडा नम्वर १, ४, ७, ८,र १२ का एक/एक जना, वडा न ३ का ५ जना, वडा न ५का तीन जनामा संक्रमण पुष्टी भएको छ ।
त्यसै गरि कैलालीको गोदावरीका ४ जना, टिकापुरका तीन जना, घोडाघोडीका दुई जना, लम्कीचुहाका एक र कञ्चनपुरको बेदकोट नगरपालीकाका ९ जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
Comments
Post a Comment