धनगढी२८ असाेज । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ।
मंगलबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका २२ जना थपिएसँगै संक्रमितको संख्या नौँ सय ९७ पुगेको छ।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार ६ सय ९८ महिला र दुई सय ९९ पुरुषमा संक्रमण पुष्टि भएको हो।
उपमहानगरपालिकाका अनुसार धनगढीका १९ वटै वडामा संक्रमण फैलिएको छ। सबैभन्दा बढि वडा नम्बर १ का दुई सय १३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्बर २ का एक सय ९७, वडा नम्बर ३ का ८७, वडा नम्बर ४ का ६३, वडा नम्बर ५ का एक सय २३, वडा नम्बर ६ का ३०, वडा नम्बर ७ का २८, वडा नम्बर ८ का ४३ जना संक्रमित रहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए।
वडा नम्बर ९ का १६, वडा नम्बर १० का तीन जना, वडा नम्बर ११ का २०, वडा नम्बर १२ का ६२, वडा नम्बर १३ का २२, वडा नम्बर १४ का २९ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
यसैगरी वडा नम्बर १५ का १३ जना, वडा नम्बर १६ का ५ जना, वडा नम्बर १७ का ४ जना, वडा नम्बर १८ का २८ जना र वडा नम्बर १९ का ११ जनामा संक्रमण देखिएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।
संक्रमण पुष्टि भएका मध्ये पाँच सय ५२ पुरुष र दुई सय ३९ महिला गरी सात सय ९१ जनाले कोरोना जितेको उनले बताए।
दुई सय दुई जना सक्रिय संक्रमित रहेका छन् भने धनगढीमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भईसकेको छ।
Comments
Post a Comment