धनगढी १३ कार्तिक । कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलालाई धनगढी नगरपालिकास्थि कब्रस्तानमा गाडिएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएपछि स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारजनले कब्रस्तानमा शव गाडेका हुन् ।
तर मानववस्ती संगै रहेको कब्रस्तानमा कोरोना संक्रमितलाई गाडेको भन्दै स्थानीयले विरोधमा उत्रिएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले आएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको विहिबार विहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए ।
Comments
Post a Comment