सुदूरपश्चिम प्रदेशमा आज थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

 


धनगढी ४ कार्तिक । सुदूरपश्चिम प्रदेशमा आज थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशका चार वटा प्रयोगशाला मार्फत आठ सय ६ जनाको परीक्षण गरिएकोमा थप ७३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

कार्की अनुसार सेती प्रादेशिक अस्पतालमा ५ सय जनाको परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण पुष्टि भएको छ।  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना,  त्यसैगरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३/३ जना, भजनी नगरपालिका र लम्किचुहा नगपालिकाका एक/एक जनामा संक्रमण देखिएको बताए। 

त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लालझाडी गाउँपालिकाका ३ जना, त्यसैगरी बेलौरी नगरपालिका, शुक्लाफटा नगरपालिका र कृष्णपुर नगरपालिकाका एक/एक जनामा समेत कोरोना पुष्टि भएको छ। यस्तै दार्चुलाको दुहुँ गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिका एक/एक जनामा  पनि  पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।  

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। १४५ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ४ जना र आदर्श आदर्श गाउँपालिका ४ जना गरी ८ जनामा कोरोना संक्रमण भेटिएको बताए।  

यस्तै डडेल्धुरा र बैतडीका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको अमरगढी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलाशैनी गाउँपालिकाका  १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

उनका अनुसार डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७३ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ। अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ८७ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो।  यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार १ सय ११ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ३ सय ९१ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ।

Comments