अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा

 



काठमाडौं : अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ राजीनामा दिने घोषणा गरेका हुन्। 

राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको हो।  

        

Comments