धनगढी, १६ भाद्र- धनगढी उपमहानगरपालिका ६ जालीको न्यु उपदेश युवा क्लवले मंगलबार बृक्षरोपण कार्यक्रम गरेको छ । जालीको पिपल चौक सार्बजनिक स्थल र प्रतिक्षलय परिसरमा बृक्षरोपण कार्यक्रम गरेको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
बिभिन्न सामाजिक कार्य गर्दै आईरहेको क्लवले कोविड १९का कारण भौतिक दुरी कायम गर्दै सो क्षेत्रमा बिभिन्न प्रजातिका बिरुवाहरु बृक्षारोपण गरिएको अध्यक्ष देउवाले बताए ।
युवाहरु लकडाउनमा घरमै बसेरहेका समयमा केही समय सामाजिक कार्यमा संलग्न गराई वृक्षारोपण कार्य गरेको क्लवका सदस्य विदेशराम चौधरीले जानकारी दिए ।
Comments
Post a Comment