राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा इन्द्रजात्रा पर्व मनाउन आग्रह

 



भदौ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी इन्द्रजात्रा पर्व मनाउन आग्रह गर्नुभएको छ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवी कुमारीको पूजा आराधना गरी काठमाडौँ उपत्यकामा महìवका साथ मनाइने इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत देश–विदेशमा रहनुभएका नेपालीलाई शुभकामना दिनुहुँदै राष्ट्रपतिले यस्तो आग्रह गर्नुभएको हो । 
राष्ट्रपतिले भन्नुभएको छ, “मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबैभन्दा ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्यबीचको आपसी सम्बन्धलाई नवीकृत गर्नेछ ।” 
विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बी(चमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास राष्ट्रपतिको छ । राष्ट्रपतिले इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्र्नुभएको छ ।

Comments