- Get link
- X
- Other Apps
धनगढी,१४भदाै। कैलालीका १५ सहित सुदूरपश्चिमका थप ४० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै कैलालीको गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुई जना र कैलारी गाउँपालिकामा एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच हजार नौ सय ३ पुगेको छ भने १४ जनाको मृत्यु भईसकेको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment