प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना

 


काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली भई अहिले (बिहान) थोरै स्थानहरुमा पानी परिरहेको छ । 

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

विभागका अनुसार आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी  प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका केही  स्थानमा भारी बर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यसैबीच, हिजो (शुक्रबार) दिउँसोबाट नेपालमा मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन भित्रिएको हो । 

नेपालको पूर्वी भूभागहरु प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा भित्रिएको मनसुन एकदुई दिनमै देशैभरी फैलिने विभागले जनाएको छ । 

आगामी सातासम्म मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

Comments