बागमती सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

 


हेटौंडा,१ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गरेका हुन् ।  

कुल विनियोजित बजेट मध्ये चालुतर्फ २६ अर्ब १ करोड, ६६ लाख, २३ हजार र पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थापनतर्फ भने २ अर्ब विनियोजन गरिएको छ, जसमा चालुतर्फ ४५ प्रतिशत, पुँजीगत ५१ प्रतिशत र वित्तीय व्यवस्थापनमा ४ प्रतिशत रहेको छ ।

सरकारले आगामी वर्षका लागि अनुमानित खर्चका लागि कर राजश्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार संकलन हुने अनुमान गरिएको मन्त्री ढुङ्गेलले बताए ।  

https://drive.google.com/file/d/1pMdw0RQUF_i2hZ4EfQsdZtvtbLOm7xnS/view

Comments