कैलारी पोष्ट संबाददाता, २० माघ । कैलालीको कैलारी गाउँपालिका–२ मा रहेको प्रगितिशिल सामुदायिक पाँचौं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन भएको छ ।
सो सामुदायिक वनका अध्यक्ष नविनकुमार बोहराको अध्यक्षतामा भएको कार्यक्रममा सव डिभिजन वन कार्यालयका उदासीपुरका फरेस्टर जयराज जोशी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जोशीले सामुदायिक वनको सुरक्षा र सम्वद्र्धनमा समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले केहि सामुदायिक वनहरुले उल्लेख्य उपलब्धी हासिल गरेको पनि बताए ।
कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटा, शिव शक्ति सामुदायिक वन रामपुराका अध्यक्ष मनिराज शर्मा, भीमबहादुर बोहराले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
Comments
Post a Comment