Skip to main content
कैलारीमा भुमी सम्बन्धि समस्या समाधान आयोग लागत संकलन इकाई कार्यालयको उद्घाटन
कैलारी पोष्ट संबाददाता ४ फाल्गुन कैलारी गाउँपालिकामा भुमी सम्बन्धि समस्या समाधान आयोग लागत संकलन इकाई कार्यालय गाउँपालिका अध्यक्ष श्री लाजु राम चौधरी ले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन
कैलालीको कैलारी गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन इकाई कार्यालयको मंगलबार उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच इकाई कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरी, गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख यगम कलेल, शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्र, प्रशासन शाखा प्रमुख सोमप्रसाद चौधरी, बुद्धिजिवी बतासु चौधरी, तथ्यांक संकलक÷सामाजिक परिचालक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख कलेलले तथ्याङ्क संकलक र सामाजिक परिचालकलाई फाराम भर्ने तथा भूमि सम्बन्धी निर्देशनहरुका बारेमा जानकारी गराएका गाउँपालिकाका कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए । (फोटो फिचर)

Comments
Post a Comment