धनगढी २ फाल्गुन। केही दिनयता कैलाली जिल्लास्थित सामुदायिक वनमा ओहोरदोहोर तीव्र पारेको नरभक्षी पाटे बाघ खोजतलास गरि व्यवस्थापन गर्न स्थानीय प्रशासन आफैँ जुटेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले केही दिनयता आफुहरु सो बाघको गतिविधिलाई गम्भीर रुपमा लिएको बताउँदै व्यवस्थापन गर्ने बताएका छन्।
गत शुक्रबार एक जनालाई आक्रमण गरि घाइते बनाएको र आइतबार एक जना महिलालाई आक्रमण गरि ज्यान लिएकोले सम्बन्धित स्थानीय तहको प्रतिवेदन अनुसार स्थानीय प्रशासन ऐन अनुसार व्यवस्थापन गरिने दिनेशखबरलाई जनाए।
यसैबीच गौरीगंगा नगरपालिकाकाले सो पाटे बाघ व्यवस्थापनको लागि जिल्ला सुरक्षा समितिलाई पत्रकार गरेको छ। नगरप्रमुख भीम देउवाले नगरवासीलाई सो बाघले त्रासित पार्नुका साथै ज्यान लिएकोले आवश्यक प्रक्रिया अनुसार हटाउन वा व्यवस्थापनको विकल्पको लागि पत्राचार गरेको जानकारी दिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग परामर्श लिएरहेको बताउँदै प्रजिअ बोहराले सकेसम्म सो बाघलाई समाउने, नभए व्यवस्थापनको विकल्प यथासिघ्र चाँडै खोजिने उल्लेख गरे। स्थानीय प्रशासन ऐन अनुसार स्थानीयवासीलाई दुःख दिने तथा नरभक्षी वन्यजन्तुलाई ऐनअनुसार व्यवस्थापन गरिने उनको भनाइ छ।
आइतबार गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयाकी २५ वर्षीया कला धामीको बाघको आक्रमणबाट मृत्यु भएको छ।
गौरीगंगा नगरपालिकाका मेयर देउवाका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण गरेको थियो। सोही क्रममा स्थानीय धामीलाई आक्रमण गरेको पुरीले जानकारी दिए।
Comments
Post a Comment